
१ जेठ, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका हरिनारायण थारु निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका चन्द्रबहादुर रानालाई ९५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
थारुले १ हजार ६३७ मत पाउँदा रानाले १ हजार ५४२ मत पाए । नेकपा एकीकृत समाजवादीका खगेश्वर भुसालले ५६ मत पाएका छन् ।
गैडहवा–१ मा एमालेका चौधरी विजयी
रुपन्देहीकै गैडहवा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका प्रदीपकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले नेपाली कांग्रेसका निशार मुसलमान फकिरलाई ८७ मतान्तरले पराजित गरेका हुन् ।
चौधरीले ९०१ मत पाएर विजयी हुँदा नेपाली कांग्रेसका मुसलमानले ७१४ मत पाएका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका रामुबिशुन नायकले ३४५ मत पाएको निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिए ।
चौधरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित भएका थिए ।
ओमसतिया–२ मा कांग्रेसका शीतल निर्वाचित
रुपन्देहीको ओमसतिया गाउँपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका शीतल जीटी निर्वाचित भएका छन् । जीटीले ८६१ मत ल्याए भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार रामु काफ्लेले ६३६ मत प्राप्त गरे ।
प्रतिक्रिया 4