
१ जेठ, मुगु । जिल्लाको पूर्वमा रहेको मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्ष पदमा काङ्ग्रेस र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको छ ।
कांग्रेसका छिरिङ क्याप्ने लामा र एमालेका सोनाम लामाले ६८०/६८० मत प्राप्त गरेका छ्न । दुवै जना ०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । त्यसबेला छिरिङ क्याप्नेले जितेका थिए ।
त्यस्तै, उपाध्यक्षमा एमालेकी छिरिङ फुटिक लामाले ६७५ पाएर अग्रता कायम गरेकी छ्न भने माओवादीका गुरु स्यङ्ग्याप लामाले ६२१ मत ल्याएर पछ्याइरहेका छन् ।
यो पालिकामा कांग्रेस, माओबादी र समाजवादीको गठबन्धन रहेको छ ।
समाचार तयार पार्दाससम्म गाउँपालिकाका ८ र ९ वडामा मतगणना भइसकेको छ । ७ नम्बर वडाको मतगणना जारी रहेको छ । ८ र ९ मा एमालेले जित हात पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4