
१ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले झिनो अग्रता बनाएका छन् । उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई तीन मतले पछि पारेका छन् ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले २ हजार ४६८ मत पाएका छन् भने दाहालले २ हजार ४६५ मत ल्याएकी छन् । यसअघि दाहाल झिनो अग्रता बनाइरहेकी थिइन् । भरतपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८०५ मत पाएका छन् ।
भरतपुर महानगरमा दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन् भने सुवेदीलाई राप्रपाले सघाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4