
१ जेठ, हेटौंडा । मकवानपुरमा हालसम्म मत परिणाम आएका ३६ वडामध्ये नेपाली कांग्रेसका उम्मेदवार १९ वडामा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र १० र नेकपा एमालेका उम्मेदवार सातवटा वडामा विजयी भएका छन् ।
कांग्रेसले भीमफेदी, मनहरी, कैलाश राक्सिराङमा ३/३ वडा, इन्द्रसरोवर, गढी र बकैया गाउँपालिकामा २/२ वटा र हेटौंडामा एउटा वडामा जित हासिल गरैको छ ।
माओवादी केन्द्रले थाहा नगरपालिकामा चारवटा, बकैयामा २ र भीमफेदी, कैलाश, राक्सिराङ र बागमती गाउँपालिकामा एक/एक वडामा जितेको छ । एमालेले भीमफेदीमा ३, इन्द्रसरोवरमा २, कैलाश र राक्सिराङमा एउटा वडामा जित हासिल गरेको छ ।
मकवानपुरका १० स्थानीय तहमध्ये नौवटामा सत्तारुढ गठबन्धन र इन्द्रसरोवरमा एमालेले प्रमुखमा अग्रता कायम गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4