+
+

बाँकेको वैजनाथमा मतगणना स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २०:४४

१ जेठ, काठमाडौं ।  बाँकेको वैजनाथ गाउँपालिकामा मतगणना स्थगित भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मतगणनामा संलग्न कर्मचारीको निष्पक्षतामाथि प्रश्न उठाएपछि गणना स्थगित भएको छ ।

वैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाले अहिले मतगणना स्थगित भएको बताए ।

‘अहिले मतगणना स्थगित भएको छ, म टेन्सनमा छु’, टेलिफोनमा उनले भने । नेपाली कांग्रेस वैजनाथ गाउँपालिका सभापति देवबहादुर केसीले मतगणनामा खटिएका कर्मचारीको शंकास्पद गतिविधि देखिएपछि आफूहरुले त्यहाँ खटिएका कर्मचारी परिवर्तन गर्नुपर्ने माग राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?