
१ जेठ, काठमाडौं । ६५ वर्षे उमेरहदका कारण सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश मीरा खड्काले अवकाश पाएकी छन् । जेठ २ गतेदेखि अवकाश पाउने भएपछि गत बिहीबार नै सर्वोच्च अदालतले न्यायाधीश खड्कालाई बिदाइ गरेको थियो ।
शाखा अधिकृतको रुपमा न्यायसेवामा प्रवेश गरेकी खड्का जिल्ला, पुनरावेदन हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लागेसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश भएपछि उनी न्यायपरिषद्को सदस्य समेत बनेकी थिइन् ।
खड्काको अवकाशसँगै सर्वोच्च अदालतमा हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीश भएका छन् । उनी अब न्यायपरिषद्को सदस्य समेत हुनेछन् । साथै वरिष्ठताक्रम हिसाब गर्दा न्यायाधीश डा. आनन्दमोहन भट्टराई समेत संवैधानिक इजलासमा पर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4