
१ जेठ, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको जित निश्चित भएको छ । अब जम्मा २५० मत गणना हुन बाँकी छ, तर अध्यक्षमा एमालेका गोरख बहादुर चन्दले १२०० र उपप्रमुखमा एमालेकी बिना भट्टले २५० ५०० मतको अग्रता लिइसकेकी छन्र ।
अध्यक्षमा एमालेका चन्दले ३,५८४ मत ल्याएका छन् भने कांग्रेसका रमेश भण्डारीले २३७९ मत ल्याएका छन् । उपाध्यक्ष बिना भट्टले २८८९ मत ल्याएकी छिन भने नेकपा एकीकृत समाजवादीका राजेन्द्र चन्दले २३८७ मत ल्याएका छन् ।
स्थानीय तहको निर्वाचन २०७४ मा पनि चन्द र भट्टनै विजयी भएका थिए ।वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की ५३४ मत लिएर विजयी भएका छन् ।
वडा नं. २ मा माओवादी केन्द्रकै विर बहादुर चन्द ४०६ विजयी विजयी भए । वडा नं ३ मा नेकपा एमालेबाट मिन बहादुर चन्द बिजयी भएका छन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर बिजयी भएका छन् । वडा नं. ६ मा एमालेका राम सिंह पुजारा ४३१ मत ल्याएर विजयी भएका छन् ।
प्रतिक्रिया 4