
१ जेठ, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका टोपबहादुर बिसी ४१२० मतका साथ अध्यक्षमा विजयी भएका छन् ।
बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३७७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए ।
यस्तै उपाध्यक्षमा पनि एमालेकी शिवाकुमारी खड्का विजयी भएकी छन् । उनले ४१२५ मत पाइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी दीपा बिसीले ३५४७ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4