
२ जेठ, काठमाडौं । भरतपुर महानगरपालिका सुरुमा गणना भएका दुई वटै वडामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेस समर्थित माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच चर्को प्रतिस्पर्धा छ । वडामा समेत गठबन्धन गरेका कांग्रेस र माओवादीलाई एमालेका उम्मेदवारहरुले कडा टक्कर दिएका छन् ।
वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका केशव महर्जन निर्वाचित भएका छन् । उनले १३९७ मत पाउँदा एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत पाएका छन् ।
खुला वडा सदस्यमा एमालेका मनोज घिमिरे र राजु गुरुङ, महिला वडा सदस्यमा कांग्रेसकी राममाया पिया र दलित वडा सदस्यमा एमाले उम्मेदवार रमा परियार निर्वाचित भएकी छन् ।
वडा नम्बर २मा कांग्रेसका मनोज रानाभाट विजयी भएका छन् । उनले २ हजार १०५ मत ल्याए । एमालेका कृष्ण केसीले २ हजार ५८ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4