
२ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका राजेशमान सिंहले झण्डै १९०० मतले अग्रता कायम गरेका छन् ।
४ वटा वडाको ७०७७ मत गणना हुँदा सिंहले ३४१५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले १५३१ मत ल्याएका छन् । सरावगी निवर्तमान मेयर हुन् । राप्रपाका गिरीश गिरीले १०६ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले २३४० मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाले ३७८ मत पाएका छन् ।
वीरगञ्जमा उप प्रमुखका उम्मेदवारले पाएको मत भन्दा १५६३ बढी मत अर्थात् ३९०३ मत बदर भएको छ ।
वीरगञ्जमा सत्तारुढ गठबन्धनले मेयरमा जसपा उम्मेदवार र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेका थिए । त्यस्तै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले पनि मेयर उपमेयरमा तालमेल गरेका छन् ।
प्रतिक्रिया 4