+
+

डोटीको जोरायलमा एमालेको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ६:०१

२ जेठ, काठमाडौ । डोटीको जोरायल गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मत सिहत अध्यक्षमा निर्वाचित भए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसेका दीपककुमार विष्ट ३ हजार ४१२ ल्याएर हार बेहोरे । एकीकृत समाजबादीका किरण मल्लले १ हजार ६५९ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ । एमालेकी जमुना कुमारी बोहरा (रोकाया) ३ हजार ५९९ मत ल्याएर निर्वाचित भइन् ।

कांग्रेसकी चन्द्रा कुमारी साउदले ३ हजार ५१७ र माओवादीकी प्रेमा कुमारी ओलीले १ हजार ३१७ मत पाएर हारबाट गुज्रिनुपर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?