
२ जेठ, काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली कांग्रेस निर्वाचित भएको छ । गाउँपालिका अध्यक्षमा भव बहादुर भण्डारी निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेका प्रेमबहादुर कार्कीलाई ७५९ मत अन्तरले हराएका हुन् ।
भण्डारीले ४ हजार ३८ मत पाउँदा एमालेका कार्कीले ३ हजार २७९ मत पाए । यसैगरी नेकपा माओवादी केन्द्रकी मिना विकले ९९५ मत पाइन् ।
यसैगरी उपाध्यक्षमा कांग्रेसकै प्रेम कुमारी पुन निर्वाचित भएकी छन् । पुनले ३ हजार ३६४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी याम कुमारी गर्वुजाले ३ हजार २४५ मत पाएकी छन् । नेकपा माओवादी केन्द्रका रिमबहादुर कटुवाल क्षेत्रीले १ हजार ७८३ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4