+
+

अघिल्लो पटक तेस्रो भएका दीपक बने अजिरकोट गाउँपालिका अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ६:५७

२ जेठ, गोरखा । अजिरकोट गाउँपालिका, गोरखामा नेकपा माओवादी केन्द्रका दीपक देवकोटा निर्वाचित भएका छन् । सोमबार सकिएको मत गणनामा देवकोटा ३ हजार ७८७ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्दबहादुर गुरुङले ३ हजार २८९ मत पाएका छन् भने तेस्रो स्थानमा रहेका एमालेका गीताकुमारी पोखरेलले ३५५ मत पाइन् ।

२०७४ को चुनावमा देवकोटा तेस्रो थिए । कांग्रेसले प्रमुख र उपप्रमुख दुबै जितेको थियो ।

तर यो पटक प्रमुखसँगै उपप्रमुख पनि माओवादी केन्द्रले जितेको छ । माओवादीकी अनिता भुजेल ३ हजार ५३२ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्द्र गुरुङले ३ हजार ३६१ र एमालेका शेखरनाथ न्यौपानेले ५१३ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?