
२ जेठ, हेटौंडा । मकवानपुरको भिमफेंदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
आइतबार राति अबेर सम्पन्न मत परिणाम अनुसार लामा गाउँपालिकाको अध्यक्षमा ५ हजार ५९१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बद्री बहादुर स्याङ्तानले ५ हजार २०९ मत प्राप्त गरे । लामा नेकपा एमाले मकवानपुरका उपसचिव समेत हुन् ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका युवा नेता सञ्जीव श्रेष्ठ विजयी भएका छन् । उनले ५ हजार ३१५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पार्वती राना १६ मतले पराजित भइन् ।
भिमफेंदीमा कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4