
२ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको १९ नम्बर वठाको अध्यक्षमा नेकपा एमाले उम्मेदवार श्याम घिमिरे प्यानलसहित निर्वाचित भएका छन् ।
घिमिरेले ९८७ मत प्राप्त गरे । नेपाली कांग्रेस उम्मेदवार उदय राजवंशीले ९०५ र नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवराम थन्दारले ५३१ मत प्राप्त गरे ।
वडा नम्बर १९ को वडा सदस्यमा नेकपा एमालेबाट निज नारायण राजवंशी र लक्षमण सरदार विजयी भए । महिला सदस्यमा कविता कुमारी थारु, दलित सदस्यमा पवित्री देवी रिख्यासन निर्वाचित भए ।
वडा नम्बर १९ मा यसअघि नेपाली कांग्रेसका बागी उम्मेदवार बद्रीनारायण सरदारसहित प्यानल नै विजयी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4