
२ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् ।
सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले तीन हजार ६३३ मत पाएका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकी रेनु दाहालले तीन हजार ६२९ मत पाएकी छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३९७ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ११३ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले दुई हजार ८६१ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4