+
+

ईन्द्रसरोबरको अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ९:०९

२ जेठ, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका देवकृष्ण पुडासैनी शर्मा निर्वाचित भएका छन् । पुडासैनीले नेपाली कांग्रेसका विश्व लामालाई हराउँदै जित हात पारेका हुन् ।

इन्द्रसरोबर गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपप्रमुखमा एमलेकै उमाकुमारी लामाले निर्वाचित भएकी हुन् ।

प्रमुखमा निर्वाचित पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली कांग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत ल्याइन् । इन्द्रसरोबर गाउँपालिकाको ५ वटा वडामध्ये नेपाली कांग्रेसले ३ र नेकपा एमालेले दुईवटा वडामा जित हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?