+
+

बारपाक सुलिकोटको अध्यक्षमा पुनः भट्ट निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ९:५४

२ जेठ, गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ निर्वाचत भएका हुन् ।

भट्टले पाँच हजार ७१९ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतबहादुर घलेले चार हजार ८६४ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा निर्वाचित गुरुङले पाँच हजार ७६५ र प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार लेखमाया रानाले चार हजार ५७५ मत प्राप्त गरेकी छन् ।

भट्ट र गुरुङ पुनः दोस्रो कार्यकालको लागि अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन् । उक्त पालिकामा कुल १३ हजार ९३ मत खसेको थियो । ६ सय २८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?