
२ जेठ, धनकुटा । धनकुटाको चौविसे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार राजकुमार लिम्बू पाँच हजार ३८ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दलबहादुर मगरलाई एक हजार ४७ मतान्तरले पराजित गरेका हुन् । पराजित दलबहादुर मगरले तीन हजार ९९१ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा एमालेकी टंकमाया मगरले चार हजार ९८३ मत पाएर विजयी भएकी छन् । उनले गठबन्धनका जनता समाजवादीका दिवा चेम्जोङलाई ९९५ मतले पराजित गरेकी हुन् । चेम्जोङले तीन हजार ९८८ मत पाएका छन् ।
गाउँपालिकाका आठ वटै वडाको मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार वडा नं. २, ३, ४, ५ र ८ मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १, ६, र ७ मा सत्तारुढ दलका उम्मेदवार निर्वाचित भएका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4