
२ जेठ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ ।
अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी प्रतिद्वन्द्वी एमालेकी सविताकुमारी रोकायले १२९८ मत पाइन् ।
गाउँपालिकाका ८ वटा वडामध्ये वडानम्बर १, २, ३, ४, ५, ७ / ८ माओवादीले जितेको छ भने ६ नम्बर वडा एमालेले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4