
२ जेठ, पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठले अग्रता लिइरहेका छन् । अहिले भइरहेको सातवटा वडाको मत गणनामा उनी नेकपा एमालेका उम्मेदवारभन्दा ११ सयभन्दा बढी मतले अगाडि छन् ।
श्रेष्ठले ६ हजार १७६ मत प्राप्त गर्दा एमालेका धनेन्द्रराज घिमिरेले ५ हजार ६१ मत प्राप्त गरेका छन् । श्रेष्ठ गठबन्धनतर्फका उम्मेदवार हुन् ।
उपमेयरमा पनि गठबन्धनले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय तानसेनका अनुसार गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी प्रतीक्षा सिंजालीले ५ हजार ९५३ मत पाएकी छन् भने एमालेकी शशी श्रेष्ठले ४ हजार ४८४ मत ल्याएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4