
२ जेठ, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका टीकाराम पाण्डे (भीमप्रसाद) निर्वाचित भएका छन् । उनले ६ हजार २६७ मत ल्याएका छन् ।
उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत ल्याएर विजयी भएकी छन् । गाउँपालिकामा अध्यक्ष पदमा पाण्डेका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत ल्याए ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५६१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकाका ८ वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेस र एउटा वडामा नेकपा माओवादी केन्द्रले जितेको छ ।
जसअनुसार वडा नम्बर १, २, ४, ७ र ८ मा एमाले र ५ र ६ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको छ । गाउँपालिकामा १९ हजार २२५ जना मतदाता रहेकोमा १२ हजार ४३२ जनाले मतदान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4