
२ जेठ, काठमाडौं । दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका लक्षमण गुरुङ अध्यक्षमा विजयी भएका हुन् ।
गुरुङले २९७९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले २५१९ मत ल्याएका छन्। एकीकृत समाजवादीका जंगबहादुर शाहीले २२६८ मत ल्याए । शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।
उपाध्यक्षमा पनि कांग्रेसकी मन्जु पाण्डे निर्वाचित भएकी छन् । पाण्डेले ३१५५ मत प्राप्त गरेकी छन् । एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले २३०१ मत र एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले २१३३ मत ल्याएकी छन्।
६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4