
१ जेठ, फिक्कल । इलामको सूर्योदय नगरपालिका-३ को वडाध्यक्षमा नेपाली कांग्रेसका लोकबहादुर प्रधान विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका लाकेल लामालाई ४० मतान्तरले पराजित गर्दै प्रधान वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
प्रधानले ६८४ मत पाउँदा लामाले ५४४ मत पाए । निर्वतमान वडाध्यक्ष समेत रहेका नेकपा एमालेका होम कार्की तेस्रो स्थानमा रहे । उनले ५२३ मत पाए ।
महिला सदस्यमा ६६५ मतका साथ लामु शेर्पा निर्वाचित भइन् । दलित महिलामा ६४२ मतका साथ एकीकृत समाजवादीकी तृष्णा लोहार निर्वाचित भइन् । खुल्ला सदस्यमा पदमा नेकपा एकीकृत समाजवादीका अरुण शर्मा र रुद्रबहादुर गुरुङ विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4