
२ जेठ, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३७ मतको अग्रता बनाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार १८१ मत पाएका छन् भने ४ हजार १४४ मतका साथ उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पछ्याइरहेकी छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका उम्मेदवारको अग्रता छ ।
दाहाल गठबन्धनतर्फकी उम्मेदवार हुन् भने सुवेदीलाई राप्रपाले सघाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4