
२ जेठ, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया निर्वाचित भएका छन् ।
सत्तारूढ गठबन्धनको साझा उम्मेदवार रहेका थपलियाले ८ हजार ३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याएका छन् । घिमिरे २०४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए ।
उपप्रमखमा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । उपप्रमुख बज्राचार्यले ६ हजार ३८५ मत ल्याएर विजयी भएकी छन् । उनका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिब्यराज बरालले ५ हजार १४७ मत ल्याएका छन् ।
खाँदबारीमा वडा नम्बर १,७,८,११ काँग्रेसले जितेको छ । वडा २,३,४,५,९ र १० नेकपा एमालले जितेको छ भने वडा नम्बर ६ मा माओवादीले जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4