+
+

गठबन्धनविरुद्ध जितेका गिरेन्द्रलाई कांग्रेस विद्रोहको लाभ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १३:४३

२ जेठ, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवार पराजित गरी नेकपा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन् ।

गिरेन्द्रले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार श्रीबहादुर राईलाई १२६ मत अन्तरले पराजित गरेका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका श्रीबहादुर राईले २,४८० मत पाउँदा गिरेन्द्रले २,४०४ मत ल्याएर अध्यक्ष निर्वाचित भए । उपाध्यक्षमा भने गठबन्धनकै राजेश राजभण्डारीले जिते ।

राजभण्डारीले ३,१४६ मत पाउँदा एमालेकी पुष्पकला भुजेलले २,५९५ मत पाइन् । ०७४ को निर्वाचनमा एमालेले अध्यक्ष पद गुमाउँदा भुजेलले उपाध्यक्ष जितेकी थिइन् । तर यसपटक गठबन्धनसँग उनी पराजित भइन् ।

०७४ को चुनावमा कांग्रेसका विश्वनाथ निरौला अध्यक्ष निर्वाचित भएका थिए । यसपटक भने कांग्रेसले माओवादी केन्द्रका उम्मेदवार समर्थन गर्ने कांग्रेस जिल्ला नेतृत्वले निर्णय लियो ।

तर गठबन्धनको निर्णयप्रति असहमति जनाउँदै कांग्रेसका गाउँपालिका सभापति सन्तबीर तामाङले स्वतन्त्र उम्मेदवारी दिए ।

स्वतन्त्र उम्मेदवारी दिएका तामाङलाई कांग्रेसले ५ वर्षका लागि पार्टीको साधारण सदस्य समेत कायम नरहनेगरी निष्कासन ग¥यो । तिनै बागी उम्मेदवार तामाङले १००७ मत पाए । तामाङकै बागी उम्मेदवारीका कारण गठबन्धनका अध्यक्षका उम्मेदवार पराजित भए ।

०७४ को चुनावमा जित्ने पार्टीलाई सम्वन्धित स्थानीय तहको प्रमुख दिने शर्तमा गठनबन्धन गरिएको भए पनि माओवादी केन्द्रलाई प्रमुख दिने सहमती गरेकाले स्वतन्त्र उम्मेद्वारी दिनुपरेको तामाङ बताउँछन् ।

जिल्ला कार्य समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर लिनेगरी ऐसेलुखर्कको प्रमुख माओबादी केन्द्रलाई छाडेको उनको गुनासो छ ।

तामाङको स्वतन्त्र उम्मेद्वारीका पछाडि केही समयअघि कांग्रेस कार्यकर्तामाथि माओवादी सम्वद्ध कार्यकर्ताले गरेको आक्रमणको असन्तुष्टिलाई पनि जोडेर हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?