
२ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता बढाउदै लगेका छन् ।
७ हजार ७२६ मत गणना हुँदा महर्जनले चार हजार ४७३ मत पाएका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १६२१ र राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ४२० मत पाएका छन् ।
उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्यले २००५ र नेकपा माओवादीका उम्मेदवार बाबुराज बज्राचार्यले १४६४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4