
२ जेठ, जुम्ला । जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण बहादुर शाही निर्वाचित भएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसकै सुर्पना शाही निर्वाचित भएकी छन् ।
अध्यक्ष शाहीले एक हजार ८७२ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष सुर्पनाले एक हजार ५१८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार अमरजंग शाहीले एक हजार ४८९ र उपाध्यक्ष कल्पना दमाईले एक हजार ८९ मतले प्राप्त गरेकी छन् ।
हिमा गाउँपालिकामा २०७४ सालमा नेकपा माओवादी केन्द्रले जीत हासिल गरको थियो । अध्यक्ष रजबहादुर शाही र उपाध्यक्ष हिमाली रोकाया निर्वाचित भएका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हिमा गाउँपालिकामा चार हजार आठसय ४७ मत खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4