
२ जेठ, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरि चन्द्र राना निर्वाचित भएका छन् ।
उनी ४ हजार १०३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नकेपा एमालेका अक्कलबहादुर विष्टले २ हजार ३०१ मत मात्रै ल्याए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै शान्ती नाथ निर्वाचित भएकी छिन् ।
उनले ३ हजार ६७३ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी फुल देवी नरानाले ३ हजार २२७ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4