
२ जेठ, रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगर तीन हजार ३११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गरेका छन ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले दुई हजार ३०८ मत प्राप्त गरेकी छिन् ।
सो गाउँपालिकोको वडा नंं १, २, ४, ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडा नंं ३ र ६ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।
सो गाउँपालिकामा कांग्रेस–एमाले–एकीकृत समाजवादी–स्वतन्त्रले चुनावी तालमेल गरेका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा परिवर्तन गाउँपालिका नेकपा माओवादी केन्द्रले क्लीन स्वीप गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4