
१ जेठ, तनहुँ । तनहुँका दुई वडामा महिला वडाध्यक्ष निर्वाचित भएका छन् । भानु नगरपालिका-१ को वडाध्यक्षमा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका-४ मा मिलन भुजेल निर्वाचित भएका हुन् ।
दुवै जना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका हुन् । तामाङले ६७२ मत ल्याउँदै नेकपा एमालेका प्रेमबहादुर लामालाई पराजित गरिन् ।
भुजेलले ४३३ मतका साथ नेकपा माओवादी केन्द्रका उम्मेदवार नेत्रबहादुर मगरलाई पछि पारिन् ।
वडाध्यक्षमा निर्वाचित भएपछि तामाङले वडामा महिला सशक्तीकरणमा जोड दिंदै काम गर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4