
२ जेठ, दाङ । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार शरद कुमार बुढाथोकी निर्वाचित भएका छन् । उनी ३ हजार ९८० मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नकेपा एमाओवादी केन्द्रका चक्रबहादुर खड्काले ३ हजार १६७ मत मात्रै ल्याए । यस्तै नेकपा एमालेका कुलराज गिरीले २ हजार ९२२ मत पाए ।
यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकै धनपति देवी यादव निर्वाचित भएकी छिन् । उनले ३ हजार ८३६ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सिता यादवले २ हजार ९०७ मत प्राप्त गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4