
२ जेठ, बाजुरा । गौमुल गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरिबहादुर रोकाया निर्वाचित भए । तर पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार हिरेन्द्रबहादुर रोकाया हरिबहादुरलाई बधाई दिन बिजय जुलुसमै सहभागी भए ।
हिरेन्द्र विजय जुलुसमा सहभागी भएको तस्वीरले अहिले सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ ।
हिरेन्द्रले विजय जुलुसमा सहभागी भएको तस्वीर राखेर लोकतान्त्रिक प्रणालीमा विजय र पराजय स्वीकार्नुको विकल्प नभएको बताएका छन् । उनले अध्यक्षमा निर्वाचित हरिबहादुर रोकाया सिंगो गाउँपालिकाको अभिभावक हुने आशा व्यक्त गरेका छन् र आफूलाई मत दिनेहरुलाई धन्यवाद दिएका छन् ।
बाजुराको स्थानीय चुनावको सुरुवातदेखि नै धेरै ठाउँमा झडप भएका थिए । कतिपय ठाउँमा प्रहरीले हवाइ फायरसमेत गरेको थियो । तर गौमूलले राजनीतिक सन्देश दिएको भन्दै बाजुरामा चर्चा हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4