+
+

तनहुँको घिरिङको अध्यक्षमा एमालेका थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १७:०३

२ जेठ, तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका होमबहादुर थापा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगाराम कुमाललाई ७७७ मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् ।

थापाले चार हजार ३३१ मत प्राप्त गरेका छन् भने कुमालले तीन हजार ५५४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष नेकपा एमालेकै राधादेवी अधिकारी निर्वाचित भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई १ हजार ७ सय ३४ मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएकी हुन् ।

अधिकारीले चार हजार ४८१ मत प्राप्त गरिन् भने थापाले दुई हजार ७४७ मत प्राप्त गरेका छन् ।

उक्त पालिकामा सत्तारुढ तीन दल नेपाली कांगे्रस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

नेकपा एमालेले चार र कांग्रेसले एउटा वडामा वडाध्यक्ष जितेका छन् । घिरिङ–५ कांग्रेसले जितेको छ भने १, २, ३, ४ एमालेले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?