
२ जेठ, सिन्धुली । घ्याङलेक गाउँपालिका, सिन्धुलीको अध्यक्षमा नेपाली कांग्रेसका जगतबहादुर भोलन निर्वाचित भएका छन् ।
सोमबार सकिएको मत गणनामा लामा २ हजार १०२ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चतुरमान लोले १३८३ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार गणेशमान पुलामीले ११९४ मत ल्याएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका शंकरमान घलान २९८३ मतका साथ निर्वाचित भएका छन् । एमालेका प्रमिला वाइबाले १५२८ र जनता समाजवादी पार्टीकी कुमारी वाइबाले ८७ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4