+
+

कोन्ज्योसोममा पहिले एक्लै जितेको माओवादी कांग्रेससँग मिल्दा पनि पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १७:२२

२ जेठ, काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेका कृष्णमान लामा ३१०४ मत ल्याएर निर्वाचित भएका हुन् । एमालेले माओवादी केन्द्रका गोपीलाल सिङ्तानलाई पराजित गरेका हुन । सिङ्तानले २५०१ मत ल्याएका छन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले कसैसँग तालमेल नगरी अध्यक्ष र उपाध्यक्ष पद जितेको थियो ।

यसपटक यहाँ माओवादीले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।

अध्यक्षमा सिङ्तान पराजित भए पनि उपाध्यक्षमा भने नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

उनी ३२२७ मत ल्याएर निर्वाचित भए । पराजित भएका नेकपा एमालेका उम्मेदवार रनिता तामाङले २०४८ मत पाएकी छन् ।

पाँचवटा वडामध्ये दुईवटामा नेपाली कांग्रेस, दुईवटामा नेकपा माओवादी केन्द्र र एउटामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?