+
+

शहीद लखनको अध्यक्ष र उपाध्यक्षमा दोहोरिए माओवादीका रमेशबाबु र इन्दिरा तिवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:०७

२ जेठ, गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रमेशबाबु थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारी निर्वाचित भएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा पनि मगर अध्यक्षमा र तिवारी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

मगरले ५ हजार ४७४ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नारायणप्रसाद लामिछानेले ४ हजार ४३२ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित तिवारीले ४ हजार ९९६ मत ल्याउँदा उनका उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसकी शर्मिला श्रेष्ठले ४ हजार ४३२ मत प्राप्त गरिन् । शहीद लखन गाउँपालिकामा कुल १५ हजार ३९१ मत खसेको थियो ।

९ वटा वडा रहेको उक्त पालिकामा माओवादी र कांग्रेसले ४/४ र नेकपा एमालले एउटा वडा जितेको छ । वडा नम्वर १ नेकपा एमाले, २, ४, ५ र ९ माओवादी केन्द्र र ३, ६, ७ र ८ मा कांग्रेसले जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?