
२ जेठ, सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश थापा निर्वाचित भएका छन् । थापा दुई हजार ८४६ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका मेयर उम्मेदवार दशरथ खड्काले २२०३ र एमालेकी शान्ति शर्माले १९३४ मत पाएका छन् ।
०७४ मा नेकपा एमालेले जितेको भगवतीमाईमा यो पटक भने नेकपा माओवादीले जितेको हो ।
गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मीना खड्काले २६८३ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी माओवादीकी मनिषा सोनीले २२४७ मत पाइन् भने एमालेकी बसन्ता शाहीले एक हजार ९२२ मत पाएकी छिन् ।
भगवतीमाईको एकीकृत समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल थियो । एकीकृत समाजवादीले वडामा मात्र भाग लिएको थियो ।
यसअघि माओओवादीले दैलेखको नौमुले गाउँपालिका अध्यक्ष पनि जितेको छ । २०७४ मा नौमुलेमा कांग्रेसले जितेको थियो ।
प्रतिक्रिया 4