
२ जेठ, जनकपुरधाम । प्रदेश सांसद पदबाट राजीनामा दिएर नगरपालिकाको उम्मेदवार बनेका उपेन्द्रप्रसाद कुशवाहा जारी मतगणनामा पछि परेका छन् ।
सर्लाहीको गोडैटा नगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा पछिल्लो नतिजा अनुसार ७१ मतले पछि परेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देवेन्द्रकुमार यादवसँग ७१ मतले पछि छन् ।
यादवले १ हजार ७४३ मत ल्याउँदा कुशवाहाले १ हजार ६७२ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार अनिता देवीले १ हजार ३५२ मत प्राप्त गरेकी छन् । गोडैटाको प्रमुख पदमा उम्मेदवारी दिन कुशवाहाले १० वैशाखमा प्रदेश सांसद पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4