
२ जेठ, सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार विजय भएका छन् ।
गाउँपलिका अध्यक्षमा कांग्रेसका भरत गिरीले २१३७ मत ल्याएर विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका चित्रबहादुर चलाउनेले १७९८ मत ल्याए । चलाउने निवर्तमान अध्यक्षसमेत हुन् ।
उपाध्यक्षमा भने माओवादी केन्द्रका रामबहादुर बस्नेत २०३५ मत ल्याएर विजय भएका छन् । निकटतम प्रतिस्पर्धी कांग्रेसककी पूर्णिमा चलाउनेले १९६३ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4