
२ जेठ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोको वडामा लोसपाका वडाध्यक्षका उम्मेदवार पराजित भएका छन् ।
महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका- २ को वडाध्यक्षमा कांग्रेसका शम्भुप्रसाद साह निर्वाचित भएका छन् । ६ सय १२ मत ल्याएर शम्भुप्रसाद साह निर्वाचित हुँदा लोसपाका कामेश्वर साहले ५ सय ४४ मत ल्याए ।
२०७४ सालको निर्वाचनमा यो वडाबाट तत्कालीन राजपाबाट रामनारायण महतो वडाध्यक्षमा निर्वाचित भएका थिए ।
पालिकामा राजेन्द्रका दाजु कांग्रेसभन्दा पछाडि
गाउँपालिका अध्यक्षको दौडमा राजेन्द्र महतोका दाजु महेन्द्र महतो कांग्रेसका उम्मेदवार भन्दा पछाडि परेका छन् । उनका दाजु महेन्द्रले दोस्रो पटक चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका राजकुमार महतोले २ हजार ३ सय १६ मतसहित अग्र स्थानमा छन् । लोसपाका महेन्द्र महतोले १ हजार ५२१ मत ल्याएर दोस्रो स्थानमा छन् ।
प्रतिक्रिया 4