
२ जेठ, काठमाडौं । नुवाकोटको तारकेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार शिव अधिकारी ५ हजार ६६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार रमेशबहादुर बस्तीले ३ हजार ३४१ मत प्राप्त गरे ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हरिप्रसाद रिमाल निर्वाचित भएका छन् । उनले ४ हजार ६५८ मत ल्याए । निकटतम् प्रतिद्वन्दी एमाले उम्मेदवार कोपिला भट्टले ३ हजार ३९२ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4