
२ जेठ, सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् ।
पुनले नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई पराजित गरे । सेनले ३१६० मत ल्याए भने उनका प्रतिस्पर्धी भीमबहादुरले २९३६ मत ल्याए । तेस्रो भएका कांग्रेसका विष्णुप्रसाद शर्माले १५७२ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका प्रकाश भरारी विजयी भएका छन् । भरारीले ३२४० मत ल्याए । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी भीमा बुढाथोकीले २७४५ मत ल्याइन् । तेस्रो भएको कांग्रेसकी ओकी महताराले १५२९ मत ल्याइन् ।
यो पालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4