
२ जेठ, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल निर्वाचित भएका छन् ।
चुमानले तीन हजार नौ सय ४० मत पाए भे उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरे । थापा निर्वतमान अध्यक्ष पनि हुन् ।
उपाध्यक्षमा अर्याल दुई हजार आठ सय ४८ मत प्राप्त गरी निर्वाचित भइन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पवित्रा गौलीले दुई हजार एक सय ८३ मत प्राप्त गरिन् ।
छ वटा वडा रहेको आँबुखैरेनीमा नेकपा माओवादीले तीन, नेपाली काङ्ग्रेसले दुई र नेकपा एमाले ले एक वडामा वडाध्यक्ष जितेको छ ।
माओवादीले आँबुखैरेनी वडा नम्बर १, २ र ५ मा विजय हासिल गरेको छ । नेपाली काङ्ग्रेसले वडा नम्बर ३ र ४ मा विजय हासिल गरेको छ भने नेकपा एमालेले वडा नम्बर ६ मा विजय हासिल गरेको छ ।
२०७४ मा आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको काङ्ग्रेस यो पटक दुई वडामा मात्रै सीमित भएको छ ।
प्रतिक्रिया 4