
२ जेठ, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्करराज जोशी (लख्खा भाइ) निर्वाचित भएका छन् ।
उनले ६ हजार ५८५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी काङ्ग्रेसका गजेन्द्र सिंह रावलले पाँच हजार ४२७ मत ल्याएका थिए ।
उपप्रमुखमा भने काङ्ग्रेसकी उम्मेदवार कैशिला चन्द निर्वाचित भएकी छन् । उनले ६ हजार १७० मत प्राप्त गरेकी छिन् ।
उनका प्रतिस्पर्धी एमाले उम्मेदवार सरस्वती नेपालीले पाँच हजार ४९५ मत ल्याएकी छिन् ।
पालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार प्रेम थापाले ४१० मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4