+
+

बागलुङको बरेङ गाउँपालिका अध्यक्षमा जनमोर्चाका शर्मा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ०:०१

२ जेठ, बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार शर्मा तीन हजार ६०१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षमा नेकपा एमालेका प्रदीप थापाले दुई हजार २३२ मत प्राप्त गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दिलिप कुमार पुन निर्वाचित भएका छन् । पुनले तीन हजार ६८२ मत प्राप्त गर्दा नेकपा एमालेका दुर्गा कार्की थापा क्षेत्रीले एक हजार ९५५ मत प्राप्त गरेकी छिन् ।

गाउँपालिकाको वडा नम्बर १ मा गठबन्धनकै तर्फबाट राष्ट्रिय जनमोर्चाका नरसिंह पुन एक हजार ४४१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

वडा नम्बर २ को अध्यक्षमा जनमोर्चाकै हिराबहादुर घर्ती ८ सय ९९ मत प्राप्त गरी निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका शेरबहादुर खनाल क्षेत्री ८ सय ४१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसका किसनबहादुर खत्री तीन सय २९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका अमरबहादुर शेरवुजा चार सय ४५ मत प्राप्त गरी वडा अध्यक्षमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?