
३ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना स्थगित भएको छ ।
मतगणनास्थलमा बसेका उम्मेदवारका प्रतिनिधिबीच मत सदर वा बदरबारे विवाद भएपछि मतगणना स्थगित भएको हो ।
नेकपा माओवादी केन्द्रका प्रतिनिधि र मुख्य निर्वाचन अधिकृत प्रकाश अधिकारीबीच विवाद भएपछि मतगणना स्थगित भएको हो ।
यसअघि सोमबार साँझ पनि मत गणनाका विषयमा प्रमुख जिल्ला अधिकारी र कर्मचारीबीच विवाद भएपछि मत गणना केहीबेर स्थगित भएको थियो ।
त्यसपछि सुरु भएको गणना पनि राति करिब साढे १२ बजेपछि स्थगित भएको हो ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4