
३ जेठ, काठमाडौं । धादिङको खनियाबास गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रणबहादुर तामाङ निर्वाचित भएका छन् ।
सोमबार राति सार्वजनिक भएको मत गणनामा तामाङले एक हजार ६०९ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङले एक हजार ३९६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार इमाल तामाङले एक हजार ६३ मत पाएका छन् ।
उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका सेकेमान तामाङ निर्वाचित भएका छन् । उनले एक हजार ८३७ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी मरियम तामाङले एक हजार २३७ मत पाएकी छन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका फुरबहादुर तामाङले ७०४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4