
३ जेठ, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्।का उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा नेपाली कांग्रेसका शेरबहादुर शाही ५८५ मतान्तरले विजयी भएका छन् । शाहीले ३३०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले २७१८ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी गीता शाही विजयी भएकी छन् । उनले एमालेकी नैनसरा शाहीलाई २४० मतान्तरले उछिनेकी हुन् । शाहीले २६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २४२९ मत ल्याइन् । उपाध्यक्षमा निर्वाचित शाही २४ वर्षकी हुन् ।
शिवालयमा कांग्रेस र माओवादीको गठबन्धन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4